युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबीको हत्या
काठमाडौं । युक्रेनका पूर्वसंसद् अध्यक्ष तथा नेता एन्ड्री पारुबीको हत्या गरिएको छ । लभिभ सहरमा गोली हानेर उनको हत्या गरिएको युक्रेनी अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ ।
पश्चिमी युक्रेनको लभिभमा शनिबार दिउँसो गोली चलेको सूचना प्राप्त भएको प्रहरील्े जनाएको छ । ई–बाइकमा आएका एक आक्रमणकारीले पारुबीमाथि धेरै गोली प्रहार गरी फरार भएका प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।
५४ वर्षीय पारुबी सन् २०१४ मा भएको आन्दोलनका क्रममा एक प्रमुख नेताका रूपमा उदाएका थिए । उक्त आन्दोलनले युरोपेली संघसँग निकट सम्बन्धको वकालत गरेको थियो । त्यसपछि नै रुस समर्थक तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घटनालाई निर्मम हत्या भन्दै शोक व्यक्त गरेका छन् । उनले पारुबीको परिवार र समर्थकप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
हालसम्म यो हमलाको पछाडि को थिए भन्ने स्पष्ट भइसकेको छैन । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam