सुन तोलाको २ लाख ३ हजार ६ सय
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुनको मुल्य तोलाको २ लाख ६ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam