बाणगंगामा नापतौल उपकरण चेकजाँच ः २ सय बढि ब्यवसायीले सेवा लिए
कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा नापतौल उपकरणहरूको चेकजाँच तथा नवीकरण कार्य सम्पन्न भएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय बुटवलको प्राविधिक सहयोगमा संघले उक्त कार्य सम्पन्न गरेकोे हो । सो अवसरमा यस क्षेत्रका २१४ जना ब्यवसायीले नापतौल उपकरण चेकजाच तथा लाइसेन्स नविकरण गरेको कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव नवदत्त घिमिरेले बताए ।
संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले व्यवसायीहरूलाई सजिलो हुने गरी गरिएको यस पहल उपभोक्ता अधिकार र व्यवसायी दुवैलाई लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो छ ।
उहाँले संघले व्यवसायी हितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभयो । “नापतौलमा शुद्धता र पारदर्शिता व्यवसायी मात्र होइन, उपभोक्ता अधिकारसँग पनि जोडिएको विषय हो । यसलाई व्यवस्थित र सहज बनाउन हामीले संघमै यो कार्यक्रम ल्याएका हौं । व्यवसायीहरूले आफ्नो उपकरण समयमै नविकरण गरी उपभोक्तामा विश्वासिलो सेवा दिनुपर्नेछ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक गुरु प्रसाद पाख्रेलसहित पाँच सदस्यीय प्राविधिक टोली खटिएको थियो । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam