झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनमा ३ कैदीको मृत्यु, १३ जना बिरामी
सुनसरी : अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ।
कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएकोले उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ। उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
यसअघि गत १५ गते एक जना र १६ गते अर्का एक कैदीको मृत्यु भएको थियो। अहिले उच्च ज्वरोका कारण १३ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन्।
कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका थिए।
कारागारमा विरामी बढ्न थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ। झुम्का कारागारमा आजको गन्ती अनुसार १७ सय ९५ कैदी रहेको कारागार प्रशासनले जनाएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam