महाधिवेशन प्रतिनिधिलाई विद्याको पत्र : मेरो सदस्यताबारे बोलिदिनुस्
ललितपुर : नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पार्टी सदस्यताको पक्षमा बोलिदिन लिखित आग्रह गरेकी छिन्।
शुक्रबार गोदावरीमा सुरु भएको महाधिवेशनमा प्रतिनिधिहरूलाई पत्र बाँड्दै उनले आफ्नो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गरेको उल्लेख गरेकी छिन्।
‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दु:खको विषय हो।’ उनले पत्रमा लेखेकी छिन् ‘यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो।
भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट फर्किएपछि आफूले पार्टी नेतृत्वको सल्लाह बमोजिम नै पार्टी सदस्यता नवीकरण गरेको समेत पत्रमा खुलाएकी छिन्।
‘तर केही समय यता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौं व्यंग्य, घोचपेच र मर्यादा विपरीत अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चारमाध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्योल र जनतामा भ्रम सिर्जना भएको छ।’ उनले अगाडि लेखेकी छिन्, ‘ती कमरेडहरूको पूर्ववत् धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ।’
पार्टीको विधान, देशभित्र र बाहिरको अभ्यासलाई आधार मान्दा पनि आफ्नो सदस्यता नवीकरणमा प्रश्न उठाउनु जायज नहुने उनको तर्क छ।
उनले आफ्नो आग्रहलाई विधान महाधिवेशन प्रतिनिधिहरूले गम्भीर रुपमा लिने विश्वास व्यक्त गर्दै पार्टीलाई थप बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरेकी छिन्। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam