मानव अधिकार आयोगको पदाधिकारीको आकस्मिक बैठक

काठमाडौँ : जेनजी युवामाथि प्रहरीको बर्बर दमनप्रति संवेदनशील नबनेको आरोप खेपेको राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएको छ।

स्रोतका अनुसार,गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीले समेत आयोगका पदाधिकारीलाई दबाब दिएपछि अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रूपमा बैठक डाकेका हुन्।

सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो। आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त मानव अधिकार आयोगका पदाधिकारीहरू मानव अधिकार उल्लंघनसम्बन्धी सरकारका कामकारबाहीमा मौन हुने गरेको आरोप लाग्दै आएको छ। थाहा खबर

TOP