जेनजी आन्दोलन असर : आज कपिलवस्तुको बुद्धभूमिका विद्यालय बन्द

देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरु एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले एक सुचना जारी गर्दै आज सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु बन्द रहने जानकारी गराएको छ ।

विद्यार्थीहरूको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख केशव कुमार श्रेष्ठले विद्यालय बन्दबारे जानकारी दिँदै विद्यार्थीहरूको सुरक्षा नै नगरपालिकाको पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो। “विद्यमान परिस्थितिले सिर्जना गर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै हामीले विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हौं, ” उहाँले भन्नुभयो ।

नगरपालिकाले विद्यालय बन्दसम्बन्धी जानकारी सबै सरोकारवालासम्म पु¥याई सहयोग गर्न अनुरोध गरेको छ। वैखरी

TOP