कपिलवस्तुमा तोडफोडमा संलग्न १२ जना पक्राउ
मनोज पौडेल
आन्दोलनका कारण असहज बनेको अवस्थामा जिल्लाबासीलाई सुरक्षा दिन सेना, प्रहरी र सशस्त्र परिचालन भएका छन् । सदरमुकाम तौलिहवामा माइकिङ गर्दै अत्यावश्यक कामबाहेक नहिँड्न, समूहमा नबस्न र पसल बजार बन्द गरेर घरघरमा बस्न आग्रह गरेको छ ।
सदरमुकाममा डीएसपी रिपेन्द्रकुमार सिंहको नेतृत्वमा सुरक्षा निकायका ३ अंगले नियमित गस्ती र पेट्रोलिङ बढाइएको छ । त्यस्तै सीमा नाका कृष्णनगर, व्यापारिक केन्द्र चन्द्रौटा र व्यस्त बजार जितपुर र महाराजगञ्जलगायतका ठाउँमा सेना, प्रहरी सशस्त्र परिचालन भई सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
अहिले सडक बजार सुनसान बनेका छन् । सुरक्षा व्यवस्था कडा भएसँगै बुधबार विजयनगर गाउँपालिका तोडफोड गर्न गएका १२ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam