सरकारको अहंकारका कारण भौतिक संरचना र दस्तावेज नष्ट भए : माओवादी
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ।
शुक्रवार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो। जेन जी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको बताइएको छ। जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको र जेन जीको अहिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिने उल्लेख छ।
संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटि स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताइएको छ। संघीय संसद्बाट तत्काल आवश्यक कानून निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको जिकिर गरिएको छ।
नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुने र ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानून बनाएर इमान्दारीपूर्वक कार्यान्वयन गर्नसक्दा आन्दोलनकारी जेनजी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसाबले अगाडि लैजानु श्रेयस्कर हुने पनि बताइएको छ।
विज्ञप्तिमा भनिएको छ‚ ‘नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको छ। अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट हुन पुगेका छन्। यस्ता प्रतिगामी हर्कतहरूका विरुद्ध परिवर्तन र अग्रगमनका पक्षधर शक्तिलाई एकजुट हुन समेत अपिल गर्दछौँ। आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प हो।’ थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam