अधिकांश स्थानमा वर्षा, आज हुने छैन मौसम सुधार
काठमाडौं : आज बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले काठमाडौं उपत्यकासहित बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनीका केहि स्थानमा धेरै भारी वर्षा समेत भएको छ। उनका अनुसार आज मौसममा सुधार आउने छैन्।
देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको खोजिम छ।
राति पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन मौसमविद झाले अनुरोध गरेका छन्। भोलिदेखि भने मौसममा सुधार आउनेछ। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam