यस वर्ष हिले दशैंको सम्भावना
पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएर दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । भोलि असोज ६ गते घटस्थापनाको दिनदेखि नै दुर्गापक्ष सुरु हुन्छ ।
दशैं रमाइलो गरी मनाउने तयारी गर्नेहरुका लागि मौसम कस्तो होला भन्ने चासो स्वाभाविक हुन्छ । साँच्चै कस्तो होला यो वर्षको दशैंमा मौसम ?
मौसमविद डा. विनोद पोखरेल भन्छन्– यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । उनका अनुसार भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ । ‘अर्को हप्ता दशैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ । जसका कारण नेपालभरि हिले दशैं हुने सम्भावना धेरै रहेको छ,’ डा. पोखरेल भन्छन् ।
विपद व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति पनि दशैंसम्म नेपालमा मनसुन कायमै रहने सम्भावना देखिएको बताउँछन् ।
उनका अनुसार सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बे अफ बंगालमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म त्यसले आंशिक असर पार्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही हदसम्म रोक्ने हो कि भन्ने अनुमान गरिएको डा. उप्रेतीको भनाइ छ ।
मौसम पूर्वानुमान गर्न प्रायजसो आइकोन, जीएफएस, ईसीएम डब्ल्यूएफ (युरोपियन मोडेल) प्रयोग गरिन्छ । यी मोडेलहरुले देखाएका सम्भावना समान भने छैनन् ।
युरोपियन मोडेलले पूर्वी नेपालमा खासै पानी पर्ने सम्भावना देखाएको छैन । तर भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा ठूलो वर्षा हुने सम्भावना देखाएको छ । त्यसको असर नेपालको सुदूरपश्चिम प्रदेशसम्म पर्न सक्ने अनुमान छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक सम्भावना देखाएकाले आधिकारिक सूचना जल तथा मौसम विज्ञान विभागबाटै लिनुपर्ने डा. उप्रेतिको सुझाव छ । डा. उप्रेति भन्छन्, ‘कुनै मोडेलले अर्को आइतबारदेखि पानी पर्ने सम्भावना कोशी प्रदेशदेखि गण्डकीसम्म देखाएको छ । कुनै मोडेलले दशैंको दिन दिउँसो पनि पानी पर्ने सम्भावना देखाएका छन् । त्यसैले आधिकारिक जानकारी मौसम विज्ञान विभागबाटै लिँदा राम्रो हुन्छ ।’ वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam