शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिए
काठमाडौँ : विज्ञहरूले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको बताएका छन्।
फ्रेन्डस् अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा. झमकुमार विश्वकर्मालगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरी मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे।
पश्चिमा शक्तिको प्रभावले छिमेकी मुलुकको सुरक्षामा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भन्दै उनीहरूले संकटको घडीमा छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भइरहेको बताए। सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्ने उनीहरूको भनाइ छ। थाहा खबर
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam