बिहीबार दिउँसो बस्ने बैठकले नामावली संकलनका विषयमा थप निर्णय
काठमाडौँ : मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीको बैठक बस्दैछ। बिहीबार दिउँसो बस्ने बैठकले नामावली संकलनका विषयमा थप निर्णय गर्नेछ।
आयोगका प्रवक्ता सुमन घिमिरेका अनुसार दशैँभन्दा पहिले नै नामावली संकलन थाल्ने तयारी छ। जेनजी प्रदर्शनका क्रममा केही कार्यालयहरुमा क्षति पुगेकाले मर्मतको काम चाँडै सकाएर काम थाल्ने तयारी गरिएको हो। आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरिएको छ । निर्वाचनमा जेनजी पुस्तालाई समेत सहभागी गराउन हिजो मात्र अन्तरिम सरकारले मतदाता नामावली ऐन २०७३ मा संशोधन गर्न अध्यादेश ल्याएको छ।
सामान्यतया निर्वाचन मिति घोषणा भइसकेपछि नामावली संकलन गर्न पाइँदैन। तर, अध्यादेशले यो व्यवस्था फुकुवा गरिदिएको हो। आयोगले पछिल्लो समय १६ असारदेखि मतदाता नामावली संकलन बन्द गरेको छ। यो अवधिसम्म मतदाता संख्या एक करोड ८१ लाख ६७ हजार ५७० पुगेको छ। त्यसयता थप २३ लाख ९२ हजार १८८ जेन-जी युवा मतदाता बन्न योग्य भइसकेका छन्। थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam