महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरूमा बहानाबाजी शुरू
काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरूमा बहानाबाजी शुरू भइसकेको बताएका छन्। जेन–जी आन्दोलनको माग पुराना नेताहरूको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरू भइसकेको बताएका हुन्।
महासिचव भुसालले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी शुरू भइसकेको बताए। मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको उनकाे भनाइ छ।
अहिलेका नेताहरूबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान भुसाललले गरे। चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरूले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरूले खेल्नसक्ने बताए।
भुसालकाे भनाइ:–
अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी शुरू पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रूपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदैछ ।
वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् । तिनको पक्षमा जनमत बनाएर तिनीहरूले नै उकास्छन् भन्ने भाष्य बनाइँदैछ, यो घातक भाष्य बन्दैछ । यसले गर्दा यिनीहरू यहीँ रही रहन्छन् । यिनीहरू रही रहेर समाजमा यति धेरै बद्नाम नेताहरूलाई राखेर ति पार्टीले जनताको बीचमा जान सक्दैनन् ।
अहिले नै देखिरहनुभएको छ, चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिदेखि लिएर तमाम पपुलिस्ट नाराहरू गर्दैछन् । यो स्वर पनि बढ्दै जाने देखिन्छ । राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन् ।
समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरू संविधान विरूद्धमा गतिविधि शुरू गर्नेछन् । तिनै नेताहरू देखाएर समाजमा ति नेताहरूको आक्रोश प्रयोग गरिरहनेछन् र यस्ता तत्वहरूले समाजमा काम गरिरहनेछन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।
महासचिव भुसालले मुलुक बहुपक्षिय द्वन्द्वमा फस्ने चेतावनी पनि दिए। थाहा खबर
भोटेकोशी बाढी पीडितका लागि कपिलवस्तु चेम्बरको सहयोग
भदौ १६, २०८३
(विजयनगर) कपिलवस्तु, १६ भदौ । रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चेम्बर अफ…



ghanashyam