माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरे
काठमाडाैं : पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पनि संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
जेन–जी आन्दाेलनपछि बनेकाे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मितव्ययिताका लागि पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गरेकाे थियाे भने आफू चढ्दै आएकाे सरकारी गाडी फिर्ता गर्न आग्रह गरेको थियो।
त्यसयता अन्य पूर्वसभामुख तथा राष्ट्रिय सभाका पूर्वअध्यक्षले पनि गाडी फिर्ता गरेका छन्। यसअघि नै पूर्व सभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्तीले गाडी फिर्ता गरेका छन्। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन्। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam