प्रधानमन्त्री वा गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय नभएको जिकिर

काठमाडौँ : तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको दावी गरेका छन्।

आज कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री र गृहमन्त्रीले गोली हान्ने आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका सन्दर्भ जोड्दै उनले यस्तो आदेश नभएको बताए।

आन्दोलनपछि आज पहिलो पटक मिडियामा देखिएका उनले यो प्रधानमन्त्री वा गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय नभएको जिकिर गरे।

उनले उत्तेजना र प्रतिशोध भन्दा माथि उठ्न पनि अनुरोध गरे। थाहा खबर

TOP