राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी प्रतिनिधिहरूसँग छलफल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन्। शीतल निवासमा हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरू छलफलमा सहभागी भएका छन्।

तर केही जेनजी युवाहरू भने भित्र प्रवेश गर्न पाएका छैनन्। भित्र वार्ता चलिरहँदा बाहिर रहेका उनीहरूले नाराबाजी गरेका छन्। पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरु बाहिरै रहेका छन्।

उनीहरूले जेनजी अगुवा सुदन गुरुङले धोका दिएको आरोप लगाएका छन्। थाहा खबर

TOP