प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालयको सेवा पूर्ववत् अवस्थामा फर्काउने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी समूहको आन्दोलनका कारण प्रभावित प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालयको सेवा पूर्ववत् अवस्थामा फर्काउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सञ्चालनबारे जानकारी लिन आइतबार पुगेका मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवालाई पुरानै लयमा फर्काउने गरी तयारी थालेको छ । कतिपय कार्यालय पुरानै अवस्थामा फर्किसकेको अवस्था छ ।” उहाँले यातायात कार्यालयको सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिँदै छिटोछरितो र नागरिकको मन जित्ने गरी काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
नेपालगन्जको बाँकेगाउँमा भाडामा रहेको कार्यालय जेनजी समूहको आन्दोलनका क्रममा आगजनी भएपछि करिब एक महिनापछि नेपालगन्ज–१८, कारकादौँमा रहेको सामाजिक विकास डिभिजन कार्यालयको भवनमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो । प्रदेश सभा सदस्य रत्न खत्रीका अनुसार आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डलले सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएको छ ।
प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवालाई पुरानै लयमा फर्काउने योजना अनुसार अत्यावश्यक सेवामध्ये रहेको यातायात व्यवस्था कार्यालयको सेवा पुनः सुरु गरिएको हो । लामो समयसम्म भाडामा चल्दै आएको यातायात कार्यालय अबदेखि सरकारी भवनमै स्थानान्तरण भएको हो । भदौ २४ को जेनजी समूहको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगन्जले सेवा सुचारु गरेको हो । आगजनीका कारण झन्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो । यातायात व्यवस्था कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्य हुने गरेको छ । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam