राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस
काठमाडौं : काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै त्यस्ता प्रतियोगिता बन्द गर्न सिफारिस गरेको हो।
समितिले सरकारलाई त्रिवि कीर्तिपुर परिसरलाई शान्त र सौम्य वातावरणमा शैक्षिक एवं प्राज्ञिक कार्य सञ्चालन र व्यवस्थापन गर्नुपर्ने हुँदा त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न बन्देज लगाउन आवश्यक व्यवस्था गर्नू भनेको छ।
समितिले दिएको सुझाव तथा सिफारिसमा भनिएको छ,‘त्रिवि विश्वविद्यालय क्याम्पस परिसरभित्र सामान्य स्तरको विश्वविद्यालयका विद्यार्थीहरू मात्र खेलकुद गर्ने रंगशाला हुनु उचित नै देखिने तर सो बाहेकका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता हुने वा हुनसक्ने क्रिकेट रंगशाला, कभर्डहल तथा फुटबल रंगशालामा सञ्चालन हुने कार्यक्रमहरूले त्रिविको शैक्षिक प्राज्ञिक वातावरणलाई शान्त र सौम्य राख्न नसक्ने समितिको निष्कर्ष भएकाले ती कार्यहरू त्यहाँ नराखी हटाउनुपर्ने, त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न त्रिविको स्वीकृतीमा हुने व्यवस्था गर्ने अन्यथा बन्देज लगाउन आवश्यक व्यवस्था सहितको निर्णय गरिदिनुपर्ने।’
यस्ता प्रतियोगिता बन्द गर्न माग उठिरहेको बेला झनै उक्त रंगशाला मर्मत गरेर व्यवस्थित गर्ने कार्य भइरहेको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam