टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते
सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते भएका हुन्।
दुर्घटनामा परेर टिपर चालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमयुम गाउँपालिका–९ का २८ वर्षीय रविन फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुार लामिछानेले बताए।
घाइतेमध्ये सहचालक ट्याम्केमयुम–९ का २८ वर्षीय फुयाल गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछाने बताए। उनको टाउको र शरीरका विभिन्न भागका चोट लागेको छ।
त्यसैगरी चालक राउतको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुबैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam