सुनको मूल्य आज तोलाको दुई लाख ४८ हजार नौसय
सुनको मूल्य आज पनि बढेको छ। हिजो तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो।
सुनको मूल्य आज तोलाको दुई लाख ४८ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
सुनको मूल्य हिजो तोलाको दुई लाख ४८ हजार पाँचसय रुपैयाँ थियो।
यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो।
गएको मंसिर १० गते एकैदिनमा सुनकाे मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।
त्यसैगरि चाँदीको मूल्य पनि पनि बढेकाे छ।
चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ बढेर तीन हजार तीनसय ४० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो। वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam