अनमोलको ‘जेरी अन टप’ आजबाट प्रदर्शन
चलचित्र ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । चलचित्रमा कथा हेमराज बिसीको छ ।
देशभर यो चलचित्रले दुई सयभन्दा माथि शो पाएको छ । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् ।
सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।
कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिनाको छ । छायांकन दुलीप रेग्मीको छ । वैखरी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam