आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्ण
काठमाडौँ : कास्कीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने अष्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय ‘हाइकिङ’को रूपमा परिचित छ।
समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ। यस्तै पोखरा-बाग्लुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ। काँडेबाट भने करिब २ घण्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ।
अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटोमा पर्ने भएकाले सो रुटमा ट्रेकिङ गर्ने धेरै पर्यटक एक रात अष्ट्रेलियन बेस क्याम्पमा बिताउने गर्छन्। क्याम्प पुग्दा आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालले धेरैलाई मोहित बनाउँछ। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam