रूपा राईको उपचारको क्रममा सोमबार बिहान निधन
इलाम : दुर्घटनामा घाइते भएकी सूर्योदय नगरपालिकाकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। सूर्योदय नगरपालिका कार्यालयमा सहयोगी रहेकी रूपा राईको उपचारको क्रममा सोमबार बिहान निधन भएको छ।
गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका- १०, आहाले नजिक अटो र पिकअप ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई बीएण्डसी अस्पताल विर्तामोड लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई फिक्कल अस्पताल लगिएको थियो। त्यहाँबाट उनलाई सघन उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा स्थानान्तरण गरिएको थियो। उपचारकै क्रममा बिहान करिब ४ बजे उनको निधन भएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam