नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती
सङ्खुवासभा : जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन्।
जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भीडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो।
“जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ गर्न सबै सुरक्षा निकाय एकताबद्ध भएर काम गरिरहेका छौँ”, उनले भने, “मुख्य सडक, भीडभाड हुने स्थान, बसपार्क, बजार, बैङ्क तथा सरकारी कार्यालय वरपर निगरानी बढाइएको छ, सुरक्षा निकायका अनुसार यस्तो संयुक्त गस्तीले आपराधिक गतिविधि नियन्त्रण, चोरी, डकैती, झैझगडा तथा अवाञ्छित समूहको गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ।”
स्थानीयवासीले संयुक्त सुरक्षाबलको उपस्थिति देखिएपछि बजार क्षेत्र थप सुरक्षित महसुस भएको प्रतिक्रिया दिएका छन्। सेना र प्रहरीसँगै बजार गस्ती गर्दा वातावरण सुरक्षित महसुस हुन्छ, यस्तो पहल निरन्तर हुनुपर्ने खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठ बताउनुहुन्छ। सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भीडभाड बढ्ने सम्भावना भएकाले गस्तीलाई राति पनि निरन्तर गर्ने तयारी भइरहेको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam