पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

काठमाडौँ : सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।

उनलाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन्। दुर्घटनामा परेका क्याप्टेन खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याएको छ। अब त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं ल्याइनेछ ।

क्याप्टेन खड्का पर्यटकको उद्धारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर बुधबार बिहानै लोबुचे पुगेका थिए। थाहा खबर

TOP