काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा
काठमाडौं : काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्।
उपत्यकाका सडकहरूमा फोहोर थुप्रिएर दुर्गन्धित बन्दै गएको वर्तमान अवस्थामा, मन्त्री घिसिङले यसको दीर्घकालीन समाधान खोज्ने प्रयासस्वरूप स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडा पुगेका हुन्।
काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुन्छ।
पहिले प्रयोग हुँदै आएको सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित भएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो।
विगतका वर्षहरूमा यस साइटसँग जोडिएका वातावरणीय प्रदुषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोध जस्ता विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन।
अनुगमनका क्रममा मन्त्री घिसिङले साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam