रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित
किलियन एमबाप्पेप्रेरित लिग लिडर रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित निकालेको छ ।
शनिबार सान्टियागो बर्नाबेउमा घरेलु टिमलाई जित दिलाउन एमबप्पेले दुई गोल गरे । जुड बेलिङ्घम र अल्भारो क्यारेरसले समान एक गोल गरे ।
खेलको १९औँ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलमार्फत रियालले अग्रता बनाएको थियो । ३६औँ मिनेटमा एमबाप्पेले नै घरेलु टिमको अग्रता दोब्बर बनाए ।
भिनिसिय जुनियर ४२औँ मिनेटमा पेनाल्टीमा चुक्दा रियालले अग्रता फराकिलो बनाउने सुनौलो अवसर गुमायो । तर, त्यसको दुई मिनेटपछि नै बेलिङ्घमले गोल गर्दै रियाललाई पहिलो हाफमा ३–० को अग्रतामा राखे । क्यारेरसले ८२औँ मिनेटमा गोल गर्दा रियालले ४–० को एकतर्फी जित दर्ता गरेको हो ।
जितसँगै शीर्ष स्थानमा अग्रता बढाएको रियालले ११ खेलबाट ३० अंक जोडेको छ । यो दोस्रो स्थानको भियारियालको भन्दा सात अंक धेरै हो । पराजित भ्यालेन्सिया समान खेलबाट नौ अंकका साथ १६औँ स्थानमा छ । वैखरी
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam