एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी
गोरखा : गोरखाको पाङ्बारी हिमालमा पाँचदिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक जनाको उद्धार भएको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पाँच हजार मिटर उचाइमा अवस्थित आधार शिविरमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आज बिहान १० बजे हेलिकप्टरमार्फत उद्धार गरी चुमनुब्री–१ साम्दोमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
उनको साथमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए। तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प–१ मा रहेका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam