नागरिकले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाहमा लाग्न पनि निर्देशन
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लु-प्रिन्ट तयार पार्न निर्देशन दिएकी छिन्।
आज सिंहदरबारमा मन्त्रीहरू र मुख्यसचिवसहित सबै सचिवहरूलाई राखेर प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्।
उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न र नागरिकले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाहमा लाग्न पनि निर्देशन दिएकी छिन्।
उक्त बैठकमा सचिवहरूले मन्त्रालयका काम कारबाहीबारे जानकारी दिएका थिए। प्रधानमन्त्रीले सरुवा-बढुवा पारदर्शी बनाउन, सार्वजनिक खर्चमा मितव्ययी अपनाउन, अर्थ मन्त्रालयले जारी गरेको परिपत्र कडाइका साथ पालना गर्न पनि आग्रह गरेकी छिन्।
यस्तै उनले निजी क्षेत्रदेखि निजामती कर्मचारी र सुरक्षाकर्मीको मनोबल बढाउने गरी काम गर्न पनि सचिवहरूलाई आग्रह गरेकी प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam