कार विस्फोटमा नकाबधारी संदिग्ध व्यक्ति सवार
भारतको दिल्लीस्थित लाल किल्लामा सोमबार भएको कार विस्फोटमा नकाबधारी संदिग्ध व्यक्ति सवार भएको खुलेको छ। विस्फोट हुनुभन्दा केही समय अघिको सीसीटीवी फुटेजमा सेतो रंगको आई ट्वान्टी का चालकले कालो मास्कले अनुहार छोपेको देखिएको छ।
कार चालक भारतले आतंकवादी मानेका मोहम्मद उमर भएको भारतीय संचार माध्यमले दाबी गरेका छन् । फुटेज अनुसार, कार चलाउने व्यक्तिले आफ्नो अनुहार कालो मास्कले छोपेको थियो । प्रहरीले यसैमा आधारित भउर कार र मास्क लगाएका चालकको पहिचान स्थापित अनुसन्धान गरिरहेका छन् ।
विस्फोट भएको हुन्डाई आई ट्वान्टी कार मोहम्मद सलमान नामका व्यक्तिले नदीम नामका व्यक्तिलाई बिक्री गरेको भनिएको छ। त्यसपश्चात् उक्त कार फरिदावादको एक कार डिलरलाई बेचेको बताइएको छ। सोमबार साँझ भएको कार विस्फोटमा ८ जनाको ज्यान गइसकेको छ भने केही घाइते भएका छन्। भिडभाड सडकमा भएको विस्फोटले आसपासका अन्य सवारी साधनमा पनि क्षति पुगेको थियो। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam