दाउन्ने क्षेत्रमा अतिक्रमण भएका घर टहरा हटाउन निर्देशन

नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका–२ स्थित दाउन्ने बजार र दुम्किबास बजार आसपासको राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी सञ्चालन भइरहेका संरचना, व्यापारिक क्रियाकलाप तथा घर–टहरा १५ दिनभित्र हटाउन सब डिभिजन वन कार्यालय दुम्कीबासले सूचना जारी गरेको छ।

सब डिभिजन वन कार्यालय दुम्की वासले जारी गरेको सूचनामा बुटवल–नारायणगढ सडकखण्डको छेउछाउ निर्माण गरिएको संरचना, व्यापार गर्ने प्रयोजनका घर–टहरा तथा पसल, होटल आदि वन क्षेत्रभित्र परेको उल्लेख गरिएको छ। सो क्षेत्र वनभूमि भएकाले त्यहाँ गरिएको अतिक्रमण तत्काल हटाउनुपर्ने भन्दै १५ दिनको सूचना सार्वजनिक गरिएको वन कार्यालयले जनाएको छ।

सूचनामा भनिएको छ, ‘उक्त सूचनाको म्याद भित्र स्वेच्छिक रूपमा घर–टहरा तथा व्यापारिक संरचना हटाउन नसकेमा वन ऐन २०७६ बमोजिम आवश्यक बल प्रयोग गरी हटाइनेछ।’ अतिक्रमण गर्ने व्यक्ति, घरधनी तथा व्यवसायीलाई कानुनी कारबाही हुने चेतावनी समेत सूचनामा उल्लेख छ।

यसैबीच, डिभिजन वन कार्यालय दुम्कीबासले सो सूचना टाँस गर्नका लागि विनयी त्रिवेणी गाउँपालिका २ को वडा कार्यालय तथा गाउँपालिकाको प्रशासनिक कार्यालयमा पत्र पठाएको छ। वन अधिकृत मनोज बरालले पत्रमार्फत सम्बन्धित कार्यालयहरूलाई ‘सूचना टाँस गरी आवश्यक जानकारी गराउन’ अनुरोध गरेका छन्। वैखरी 

TOP