सामाजिक सुरक्षा कोषको १ खर्ब २६ अर्ब विभिन्न क्षेत्रमा लगानी

काठमाडौं : सामाजिक सुरक्षा कोषले विभिन्न क्षेत्रमा १ सय २६ अर्ब रुपैयाँ लगानी गरेको छ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १ सय २६ अर्ब रुपैयाँ विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए।

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिम मुद्दती खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए। कार्यकारी निर्देशक अधिकारीका अनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दती खातामा राखिएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्युचुअल फण्डमा लगानी गरिएको छ।

त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटी अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत ब्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए।

‘बैंकिङ क्षेत्रमा अधिक तरलताका कारणले प्रभावकारी रुपमा लगानी गर्न सकिएको छैन । यो अल्पकालीन चुनौती हो । कोषको योजनाको प्रभावकारी कार्यान्वयन मार्फत वार्षिक १ खर्बसम्म संकलन गर्नसक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ।’ अधिकारीले भने, ‘वैदेशिक क्षेत्रको नियमितता गर्नु, अनौपचारिक क्षेत्रको सह-योगदानको सुनिश्चितता गर्दै आबद्धता गर्नु कोषको चुनौती हो ।’

अधिकारीका अनुसार कोषमा श्रमिकहरूको आबद्धताका लागि ११४ वटा पालिकासँग एमओयू गरिसकिएको बताए। केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ । थाहा खबर

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP