प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई ठेक्का दिने निर्णय
नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई ठेक्का दिने निर्णय गरेको छ ।
राष्ट्र बैंकका अनुसार १६.९८५ मिलियन अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो नोट छापिनेछ ।
यसअनुसार एक हजार रुपैयाँ दरको नोट छाप्न प्रतिनोट ५ रुपैयाँ ५६ पैसा खर्च लाग्ने देखिएको छ । कुल ४३ करोड थान एक हजार रुपैयाँ दरका नोट छपाई गरिनेछ ।
राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । तोकिएको समयमा बोलपत्रमा सहभागी प्रभावकारी र योग्य कम्पनीहरूबाट प्रतिस्पर्धा भएपछि उक्त चिनियाँ कम्पनी छनोट गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बुटवल टुडे
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam