भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु
कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको हो ।
बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरमा हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए ।
ठक्करपछि प्रियान्सको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुरमा रिफर गरिएको थियो । तर चिकित्सकले राति ११ : ३८ बजे प्रियान्सलाई मृत घोषित गरेका थिए ।
घटनाको जानकारी पाएपछि भैरहवाबाट प्रहरी टोली खटेको थियो । ईभी भ्यान र चालक विजय सारुलाई इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनाको प्रारम्भिक जानकारी अस्पतालबाट प्राप्त भएको हो । प्रहरीले सिसिटिभी फुटेजसहित अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
विद्यार्थीको निधनपछि विद्यालयले आज शोक बिदा दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । बुटवल टुडे
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam