शनिबारदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण
चितवन : नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। किसानले लागत उठाउन सक्नेगरी मूल्य निर्धारण गरेको संघले बताएको छ।
नयाँ सूची अनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ सानो अण्डा प्रतिपेटी तीन हजार २५० रुपैयाँ तोकिएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट ४० ले वृद्धि भएको हो। भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको उनले बताए।
गत साउनमा पनि ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो। फेरि वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको संघले जनाएको छ। थाहा खबर
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार ३:३४ गते
एजेन्सी काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ। अमेरिकी यातायात…



ghanashyam