सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु
काठमाडौँ : मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवी टोलमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मत्यु भएको छ। ससुराको अवस्था गम्भीर छ।
भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको हो। काकाससुरा ७० वर्षीय भक्तबहादुर गम्भीर बिरामी छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।
स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोश अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । त्यसपछि घरमा उनकी पत्नी इन्द्रमायासमेत बेहोश भेटिएकी थिइन्।
बेहोस अवस्थामा रहेका दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मरेको फेला परेको छ।
सुनीतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा जलाएको बयान दिएको प्रहरीले जनाएको छ। बट्टा जलेको अवस्थामा बरामद गरिएको छ ।
वृद्ध दम्पत्तिसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा यो घटना घटेको हो। घटनाका कारणबारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ। थाहा खबर
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार ३:३४ गते
एजेन्सी काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ। अमेरिकी यातायात…



ghanashyam