कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगे
काठमाडौँ : गौतम बुद्ध क्रिकेट रंगशालाको विवादका बिच कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगेका छन्। छोरी सुबिहानीको जटिल उपचारका लागि भन्दै उनीहरू केही दिनअघि सपरिवार अमेरिका गएका हुन्।
अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो स्टाटस (बकपत्र) लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा व्यहोरेको दुःख र अमेरिका आउनुको कारण उल्लेख गरेका छन्।
आफू अमेरिकामा रहँदासम्म नेपालमा विचाराधीन मुद्दाका लागि धुर्मुस-सुन्तली फाउण्डेसनका उपाध्यक्षलाई अख्तियारी दिएको उनले जनाएका छन्। छोरीको नि:शुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको भन्दै उनले उपचार सकेर नेपाल फर्किने बताएका छन्।
‘हामी भागेको होइन। छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन’, उनले भनेका छन्, ‘छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौँ।’
उनले रंगशालाको समस्याबाट मुक्त गरिदिएर कलाकारितामा फर्किन सहयोग गरिदिन उनले सरकारसँग आग्रह गरेका छन्। ‘हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्’, उनले लेखेका छन्, ‘नेपाल सरकारलाई हाम्रो विनम्र अनुरोध!’ थाहा खबर
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam