स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो।गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो। यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। थाहा खबर
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार ३:३४ गते
एजेन्सी काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ। अमेरिकी यातायात…



ghanashyam