ट्र्याक्टरबाट खसेर युवकको मृत्यु

तनहुँ : ऋषिङ गाउँपालिका- ३ दाङश्रीको भित्री सडकमा ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका- ४ का २३ वर्षीय पूर्णबहादुर थापाको गएराति मृत्यु भएको हो ।

बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। थाहा खबर

TOP