तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह
कपिलवस्तुको तौलिहवा स्थित आनन्दबाग क्षेत्रमा रहेको एक पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको छ।स्थानीय व्यापारीका अनुसार एक व्यक्तिले पसलबाट सामान खरिद गरेपछि भुक्तानीका क्रममा १ हजारको नोट दिएको र पछि जाँच गर्दा उक्त नोट नक्कली भएको थाहा भएको हो।व्यापारीले उक्त नोट नक्कली भएको पुष्टि भएपछि आसपासका अन्य पसल तथा सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गरेका छन्।
यस घटनापछि तौलिहवा बजार क्षेत्रमा नक्कली नोटको कारोबार हुनसक्ने आशंका बढेको भन्दै व्यापारीहरूले ठूला दरका नोट लिँदा सावधानी अपनाउन, नोटको सुरक्षा चिन्ह राम्रोसँग जाँच गर्न र शंका लागेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्।स्थानीय व्यापारीहरूले बजारमा यस्ता नक्कली नोटहरू फैलिन नदिन प्रहरी प्रशासनले समेत निगरानी बढाउनुपर्ने माग गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam