प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या
काठमाडौं : सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छआइतबार राति सर्लाहीको मलंगवा नगरपालिका– १० मा यादवमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचार सम्भव नभएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामप्रकाश साहका अनुसार यादवको छातीमा गोली लागेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।सिराहा निवासी यादव कार्यालयनजिकै मलंगवा– १० मा डेरा गरी बस्दै आएका थिए। यादवकी श्रीमती पुनमकुमारी यादवका अनुसार कोठामै रहेका बेला कसैले बाहिर बोलाएको र घरको गेटबाहिर पुग्नेबित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam