रूपन्देहीमा आठ लाख बढीको भन्सार छलीका सामान बरामद
बुटवल — रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएका ८ लाख ७० हजार ३ सय २० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रोहिणी गाउँपालिका–६ बोधबारबारबाट ५० हजार मूल्य बराबरको यूपी ५६ ए ३४८९ नम्बरको मोटरसाइकलसहित १४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट ८४ हजार बराबरका २३ पिस लेडिज सुट र किराना सामान आठ बोरा बरामद गरिएको रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।त्यस्तै बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट १३ हजार ६ सय बराबरको ३४ किलो सुपारी र सिद्धार्थनगर–२ केउटोलियाबाट १ लाख ४२ हजार ५ सय बराबरका २ सय ८५ पिस कुर्ता–सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ । मायादेवी गाउँपालिका–८ उचिमीबाट ९७ हजार बराबरका ब्रा २ सय ६४ पिस, पेन्टी २ सय ७६ पिस र लुंगी २० पिस बरामद गरिएको छ । वैखरी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam