प्रहरी थुनामा रहेका ३ जना विप्लब नेतृत्वको नेकपमा नरहेको घोषणा

कपिलवस्तु
सार्वजनिक मुद्दामा वडा प्रहरी कार्यालय तौलिहवामा थुनामा रहेका ३ जनाले आफुहरु विप्लव नेतृत्वको नेकपामा नरहेको बताएका छन् । रुपन्देहीको सियारी गाउंपालिका ओर्लवाका ६४ वर्षीय विष्णु तिवारी, गैडहवा गाउंपालिका वडा नं. ६ मोजरहवाका ४५ वर्षीय रुदल यादव र लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं. ८ भगतपुरवाका ५३ वर्षीय विक्रम यादवले आफुहरु कुनै राजनैतिक पार्टीमा नरहेको बताएका छन् ।
प्रहरीले आईतवार सार्वजनिक मुद्दामा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय तौलिहवा लगेको बेला जिल्ला प्रशासन कार्यालय परिसरमा सो कुरा बताएका हुन । आफुहरु स्वतन्त्र पूर्वक एक साधारण नागरिकको रुपमा जीवनयापन गर्न चाहेको र आफुहरु विप्लब नेतृत्वको नेकपामा संलग्न नरहेको बताएका छन ।
गत साउन ३१ गते रुदल यादव र विक्रम यादवलाई प्रहरीले उनीहरुको घरबाट राती ११ बजे सुतेको अवस्थामा पक्राउ गरेको थियो । विष्णु तिवारीलाई भदौ १ गते राती उनकै घरबाट राती पक्राउ गरी राज्य द्रोहको मुद्धा लगाई २५ दिन रुपन्देहीमा थुनामा राखेको थियो । २५ औं दिन जिल्ला अदालत रुपन्देहीबाट तारिखमा छुटेका उनीहरु ३ जनालाई प्रहरीले पुन पक्राउ गरी एक आपसमा झगडा गरी कुटपीट गरेको झुटो आरोप लगाई अदालत परिसरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदी पुल नजिक एक आपसमा कुटपीट गरेको आरोपमा पक्राउ गरी उनीहरु उपर सार्वजनिक मुद्दा चलाएको छ । तर आफुहरु कुनै झैझगडा तथा त्यस्तो कुनै गैरकानुनी क्रियाकलापमा संलग्न नरहेको उनीहरुले बताए । पक्राउ परेका ६४ वर्षीय विष्णु तिवारी विरामी रहेका छन् । उनलाई यसरी नै थुनामा राखि रहंदा उनको स्वास्थ्य अवस्था थप विग्रन सक्ने भन्दै परिवारजन चिन्तित बनेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


