मेस्सीले जिते लगातार चौथो सिजन गोल्डेन बुट
लियोनल मेस्सीले सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जितेका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले यो सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
उनले ला लिगाको यो यो सिजनका लागी २५ गोल गरे, जुन दोस्रो स्थानमा रहेका च्याम्पियन रियल मड्रिडका करिम बेन्जिमाले गरेको भन्दा चार गोल बढी हो । लगातार चौथो सिजन गोल्डेन बुट जितेका मेस्सीलेला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाएका हुन् ।
मेस्सीले कुल सातपटक ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जितेर तेल्मो जाराले ६ पटक जितेर बनाएको कीर्तिमान तोडेका छन् । यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको हो । एजेन्सी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


