प्रशिक्षक क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले ’एलएमए म्यानेजर अफ दि इयर’ अवार्ड जितेका छन् ।जर्मन प्रशिक्षक क्लोपलाई लिग म्यानेजर्स एसोसिएसनले वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।
क्लोपले यस सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जितेको हो ।क्लोपले अवार्ड जिते लगत्तै म्यान्चेष्टर युनाईटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले यो सबै तरिकाले योग्य रहेको बताए । क्लोप नेतृत्वको क्लबले ९९ अंक सहित प्रिमियर लिगको उपाधि उचालेको थियो ।
उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १८ अंकको अग्रता सहित लिग उपाधि जितेको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


