प्रहरी हेडक्वार्टरमा कोरोना: थप २३ जना संक्रमित
काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरीमा कारोना संक्रमणको पुष्टी भएको छ । प्रहरी हेडक्वार्टरमा कार्यरत २३ जनामा कोरोना देखिएको हो । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप २३ जनामा संक्रमण देखिएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिनुभएको छ । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् । उनिहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


