इटालियन ‘सिरी ए’ को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित
इटालियन ‘सिरी ए’ को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित भएको छ ।
एक खेल अगाडि उड्सिनीसँग हारेको युभेन्टस फेरि काग्लिरीसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा काग्लिरीको जितमा लुका गाग्लियानो र सिमोनले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा नै मेटिलीको पासमा लुकाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफका अन्तिममा सिमोनले गोल गरेपछि युभेन्टस दुई शून्यले पछाडि रह्यो ।
दोस्रो हाफमा युभेन्टसले खेलमा फर्किनका लागि निकै प्रयास र दबाव दिएको थियो । तर उसले काग्लिनीको डिफेन्सको फाइदा उठाउन सकेन । जसका कारण युभेन्टसले जारी सिजनमा छैटौं हार ब्यहोर्यो ।
अब ‘सिरी ए’ को अन्तिम चरणका खेलहरु बाँकी रहेका छन । यो हारपछि पनि युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अङ्कले अगाडि रहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


