काठमाण्डाैमा ४८ सहित उपत्यकामा थप ६२ जनामा कोरोना सङ्क्रमण
काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा थप ६२ जनामा कोरोनाकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित कोरोना अपडेटमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डाैमा ४८, ललितपुरमा एक र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयाे ।
पछिल्लाे समय काठमाण्डाै उपत्यकामा काेराेनाकाे जाेखिम बढेसँगै परीक्षणकाे दायरालाई व्यापक बनाइएकाे मन्त्रालयले दाबी गरेकाे छ ।
पछिल्लाे २४ घण्टामा देशभर दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लाे २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


