काेराेना खाेप बनाउन पहिलाे हुने दाैडमा ‘फाेहाेरी खेल’ भइरहेकाे छ : विज्ञ
काठमाण्डाै – विज्ञहरुले कोरोना भाइरसको खोप विकास गर्न पहिलो हुने दौडमा ‘चोर बाटो’ र ‘फोहाेरी खेल’ भइरहेको आरोप लगाएका छन् ।
कोभिड–१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक भएकोले यसको श्रेय लिन शक्ति राष्ट्रहरु लागिपरेका विज्ञले बताएका छन् । यो क्रममा शक्ति राष्ट्रहरु चोर बाटो प्रयोग गर्ने, राजनीतिक विषय बनाउने, सूचना चोरी तथा ह्याक गरेको जस्ता आरोप प्रत्यारोप गर्ने जस्ता काम भइरहेको अमेरिकामा रहेको ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टिनले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अहिले खोप विकास गर्ने दौडमा ६ वटाभन्दा धेरै कम्पनी तेस्रो तहको परीक्षणको अन्त्यतिर छन् । त्यसमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी–अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् ।
रुसले आफुले विकास गर्न लागेको खोपको सर्वाधिकार दर्ता नै गरिसकेको छ । चीनले पनि खाेपकाे सर्वाधिकार प्रदान गरेकाे छ । अध्ययनको तथ्याङ्क प्रकाशन नगरिकनै र व्यापक परीक्षण विना रुसले खोप दर्ता गरेको भन्दै पश्चिमा देशमा आलोचना भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ तारिखमा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गर्दै खोप राष्ट्रवाद रोक्नुपर्ने बताउनुभएको थियो ।
तर अहिले शक्ति राष्ट्रहरुले यसलाई राष्ट्रवादको विषय बनाएकोले यसरी बनाइएका खोपको सुरक्षित अवस्थाबारे शङ्का रहने विज्ञहरुले बताएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


